FLASH NEWS
  • Loading...

पहिलो निर्णय कार्यान्वयन गर्न कानुन मन्त्रीको ताकेता

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९२ पटक पढिएको
पहिलो निर्णय कार्यान्वयन गर्न कानुन मन्त्रीको ताकेता

मौलिक हकसँग जोडिएका कानुन निर्माणमा ढिलाइ नगर्न निर्देशन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पदबहाली गर्दा गरेको पहिलो निर्णय कार्यान्वयनका लागि ताकेता गर्नुभएको छ ।

मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली निर्माणलाई तीब्रता दिन मन्त्री तुम्बाहाङ्फेले निर्देशन दिनुभएको छ । सरोकारवाला मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै उहाँले नियमावली निर्माण गरेर ऐन कार्यान्वयनमा सक्रियता देखाउन निर्देशन दिनुभयो ।
फागुन ५ गते पदबहाली गर्दा मन्त्री तुम्बाहाङ्फेले मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली २०७६ चैत मसान्तभित्र जारी गर्ने निर्णयलाई सदर गर्नुभएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म ऐन अन्तर्गतका ४ वटा नियमावली जारी भएको छ भने २ वटा विषयका नियमावलीको मस्यौदा सहमति दिई सम्बन्धित मन्त्रालयमा पठाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित