- Loading...
एल क्यासिकोमा ४ वर्षपछि बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा
- गोल्डेन खबर
- ४ साल अघि
- ११७ पटक पढिएको
एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको एलक्लासिकोमा बार्सिलोनामाथि रियल मड्रिडले सानदार जित निकालेको छ। घरेलु टोली रियलले बार्सिलोनामाथि २-० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।
सोमबार बिहान रियल मड्रिडको मैदानमा भएको खेलमा रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनालाई २–० ले पराजित गरेको हो । जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ भने बार्सिलोना दोस्रो स्थानमा झरेको छ ।
घरेलु मैदानमा रियलले बार्सिलोनाबाट केही दबाब खेपे पनि बलियो प्रतिरक्षा गर्दै जित हासिल गर्यो । लामो समय गोलरहित अवस्थामा चलिरहेको खेलमा रियलका लागि भेनिसियस जुनियरले ७१औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाए । अतिरिक्त समयको दोस्रो मिनेटमा डिन मेजियाले अर्को गोल थपेपछि बार्सिलोना नमिठो हार व्यहोर्न बाध्य भयो। जितपछि २६ खेलबाट ५६ अंक बनाएको रियल शीर्ष स्थानमा छ समान खेलबाट ५५ अंक रहेको बार्सिलोना दोस्रो स्थानमा छ ।
एल क्यासिकोमा लामो सयमपछि रियल मड्रिडले जित निकाल्न सकेको हो । यसअघि पछिल्लो पटक रियल मड्रिडले २०१६ मा बार्सिलोनालाई उसकै मैदानमा २–१ ले हराए यता जित हात पार्न सकेको थिएन । रियलको मुख्य प्रशिक्षकका रुपमा जिनेदिने जिदानले रियल मड्रिडलाई पहिलो एल क्यालसिको जित दिलाएका छन्।
आइतबार राति नै भएको खेलमा ओसासुनालाई ३–२ ले पराजित गरेको सेभिल्ला २६ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । यस्तै मालोर्कालाई १–० ले पराजित गरेको गेटाफे ४५ अंकसहित चौथो स्थानमा पुगेको छ।
स्पानियोलसँग १–१ को बराबरीमा रोकिएको एथ्लेटिको मड्रिड पाँचौँ स्थानमा झरेको छ । अर्को खेलमा एथ्लेटिको बिल्बाओले भिल्लारियललाई १–० ले पराजित गरेको छ।