- Loading...
कांग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख (नामावलीसहित)
- गोल्डेन खबर
- ४ साल अघि
- ९० पटक पढिएको
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार मनोनयनको निर्णय गरेका हुन्।
सभापति देउवाले पार्टीका ४७ विभागमध्ये १३ वटा जिम्मेवारी तोकेका छन्। गत पुसमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विभागलाई २८ बाट ४७ पुर्याउने निर्णय गरेको थियो। अधिकांश विभागको नेतृत्व देउवा निकट केन्द्रीय सदस्यहरुले पाएका छन्।
पार्टीका आउँदो १४ औं महाधिवेशनलाई लक्षित गरी देउवाले आफूनिकट नेताहरुलाई महत्वपूर्ण विभागको जिम्मेवारी दिएका हुन्।
त्यस्तै देउवाले तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका नेताहरु आमन्त्रित केन्द्रीय सदस्यका रुपमा नियुक्त पनि गरेका छन्। पौडेलका अनुसार कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहरनारायण श्रेष्ठ र ध्रुव वाग्ललाई मनोनयन गरेका छन्।
कसले कुन जिम्मेवारी पाए
गोपालमान श्रेष्ठ : संगठन विभाग प्रमुख
रमेश रिजाल : संघीय मामिला तथा प्रदेश समन्वय विभाग
फरमूल्लाह मन्सुर:मुस्लिम विभाग
अर्जुनप्रसाद जोशी:स्थानीय तह समन्वय विभाग
आनन्दप्रसाद ढुंगाना:वित्तीय तथा सहकारी संस्था समन्वय विभाग
अजयकुमार चौरसिया: तराई–मधेश समन्वय विभाग
महेन्द्र यादव:यातायात व्यवसायी समन्वय विभाग
शंकर भण्डारी:तरुण विभाग
सीता गुरुङ:आदिवासी जनजाति विभाग
गोविन्द भट्टराई:नेपाली जनसम्पर्क समिति समन्वय विभाग
चिनकाजी श्रेष्ठ:उद्योग व्यापार विभाग
विश्वप्रकाश शर्मा (प्रवक्ता):सूचना, सञ्चार तथा प्रचार विभाग
शिवप्रसाद हुमागाईं:श्रमिक तथा ट्रेड युनियन
फरमूल्लाह मन्सुरस्मुस्लिम विभाग
अर्जुनप्रसाद जोशीस्स्थानीय तह समन्वय विभाग
आनन्दप्रसाद ढुंगानास्वित्तीय तथा सहकारी संस्था समन्वय विभाग
अजयकुमार चौरसियास् तराई–मधेश समन्वय विभाग
महेन्द्र यादवस्यातायात व्यवसायी समन्वय विभाग
शंकर भण्डारीस्तरुण विभाग
सीता गुरुङस्आदिवासी जनजाति विभाग
गोविन्द भट्टराईस्नेपाली जनसम्पर्क समिति समन्वय विभाग
चिनकाजी श्रेष्ठस्उद्योग व्यापार विभाग
विश्वप्रकाश शर्मा (प्रवक्ता) सुचना, सञ्चार तथा प्रचार विभाग
शिवप्रसाद हुमागाईंस्श्रमिक तथा ट्रेड युनियन
केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गरेका हुन।