- Loading...
नयाँ संविधान र गणतन्त्र केहीलाई मन परेको छैन,अध्यक्ष प्रचण्ड
- गोल्डेन खबर
- ५ साल अघि
- ९५ पटक पढिएको
काठमाडौं, १९ पुस– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा संघीय गणतन्त्र आएको र नयाँ संविधान जारी भएको कतिपय मानिसलाई मन नपरेको बताएका छन् ।
विगतमा मुलुकमा राज गरेकाहरुले त्यो मन नपराएको उनको भनाइ छ । आफ्नो वर्गको वभैव खोसिएका कारण दुःखी भएकाहरु प्रिवर्तनको प्रवाह उल्ट्याउन सकिन्छ कि भन्ने खेलमा लागेको प्रचण्डले बताए । ‘हिजो राज गरेका एकथरिलाई नेपालमा गणतन्त्र आएको, संविधान बनेको र निर्वाचन भएको मन परेको छैन’, शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘आफ्नो व्यक्तिगत वैभव खोसिएका कारण कतिपयलाई यो मन परेको छैन ।’
प्रचण्डले नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तन गुणत्मक भएको चर्चा गदैृ नयाँ व्यवस्थामा गएका कारण पूरानैमा अभ्यस्त जनतालाई नयाँमा केही अप्ठेरो महसुस भइरहेको उल्लेख गरे । ‘पुरानो संरचनामा बानी परेका हामीलाई नयाँ संरचनाले फाइदा गर्ने हो कि घाटा गर्ने हो भनेको जस्तो भएइको छ’, उनले भने, ‘सधैं हिँडिरहेको बाटो सजिलै हिँड्न सकिन्छ । नहिँडेको बाटो हिड्नुप(यो भने अफ्ठ्यारो हुन्छ, यो त्यही भएको हो ।’
अर्को एक प्रसंगमा प्रचण्डले विगतमा राजामहाराजाले गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने आँट नगर्दा भारतमा जन्मिएको भ्रम फैलाउनेहरुलाई सजिलो भएको बताए ।