- Loading...
अध्यक्षमा पुन आचार्य निर्वाचित,रसायन मुक्त कृषि उत्पादनमा जोड दिने
- गोल्डेन खबर
- ५ साल अघि
- १२१ पटक पढिएको
मोरङ,१९ पुस
मोरङ जिल्लाको लेटाङको भुवा चिसाङ जनता विकास पैनीको साधरणसभा एवम् अधिवेशन सम्पन्न भएको छ । विहिवार सम्पन्न १६ औं साधारण सभाले सर्वसहमतरुपमा पुन भवानी शंकर आचार्यलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष आचार्यको कार्य क्षमता र उहाले गरेका कार्यले पुन उहालाई नै चयन गरिएको सदस्यहरु बताउछन् ।
विगतमा सिचाई नहुदा यस क्षेत्रमा उत्पादन कम हुने गरेको थियो । सिचाई कुलो बनेपछि स्थानियबासी निकै हर्षित बनेको पैनि उपभोक्ता रामकुमार चौलागाईले बताउनुहुन्छ । विगत पानी नहुदा सिचाईको लागि आकासे पानिको भर पर्नुपर्ने बँध्यता हटेको चौलागाई बताउनुहुन्छ । २०३३ सालमा स्थापना भएको नहरले लेटाङ नगरपालिकाको वडा नम्बर ५ र ६ का ८० प्रतिशत सिचाई सुबिधा पुर्याउदै आएको छ । विगतमा मोरङको मरूभुमि भनेर चिनिने लेटाङमा आज भोली सयैं हेक्टर जमिनमा सिचाइको माध्यम बाट धान, मकै, गहु र विभिन्न नगदेवाली उत्पान हुने गरेको छ । सिचाई कुलो बनेपछि स्थानियबासीले उखु, कुरीलो, तोरी लगायतका नगदे वालीबाट मनग्य आम्दानी गरेको कृषक टंक प्रसाद भट्टराई बताउनुहुन्छ । अध्यक्षमा पुन निर्वाचित भएपछि आर्चायले आगामी ४ वर्षे र्कायकालमा कृषिमा नबिन्तम परिवर्तन, वैज्ञानिक खेति प्रणालीमा जोड र रसायन मुक्त कृषि उत्पादनमा जोड दिने बताउनुभयो ।
उहाले आफ्नो कार्यकालमा मझुवाको ५० हेक्टर सहित ७०० हेक्टर जमिनमा सिचाई सुविधा पुर्याउन भावियोजना समेत अघि सार्नु भएको छ । साधरणसभा एवम् अधिवेशनबाट उपाध्यक्षमा हरि सुवेदी, सचिवमा राजु तामाङ,सह सचिवमा चन्द्र गौतम,कोषध्यक्षमा दुर्गा श्रेष्ठ गरी १० जना सदस्य,लेखा समिती संयोजकमा पदम बहादुर श्रेष्ठ र सल्लाकार समीति संयोजकमा हरी प्रसाद धमाल निर्वाचित हुनुभएको छ