FLASH NEWS
  • Loading...

नेकपा संसदीय दलमा प्रचण्डले भनेः म झस्किएको छु

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ८८ पटक पढिएको
नेकपा संसदीय दलमा प्रचण्डले भनेः म झस्किएको छु

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यक्रम इण्डो प्यासिफिक रणनीतिअन्तर्गत भए अस्वीकार्य रहेको बताएका छन् ।

शान्ति र विकासका लागि भए मात्र उक्त कार्यक्रम स्वीकार गरिने उनले बताए । ‘शान्ति र विकासका लागि मात्र हो भने ठीकै छ’, सिंहदरबारमा शुक्रबार बसेको नेकपा संसदीय दल बैठकमा सांसदहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘इण्डो प्यासिफिक रणनीतिमा त्यो आएको हो भने स्वीकार्य हुँदैन ।’

जारी पार्टी स्थायी समिति बैठकमा पनि त्यसबारे प्रश्न उठेको भन्दै उनले स्थायी समितिले गम्भीर छलफलमार्फत उपयुक्त निर्णय लिने उल्लेख गरे । प्रचण्डले हालै सम्पन्न उपनिर्वाचन परिणामले नेकपालाई झस्काएको टिप्पणी गरे ।

उपचुनावको परिणाम नेकपाका लागि सुखद नभएको चर्चा गर्दै प्रचण्डले यस्तै अवस्था रहे अर्को चुनाव चुनौतीपूर्ण हुने बताए । ललितपुर, धरान र भरतपुरको निर्वाचनले राम्रो संकेत नदिएको उनको भनाइ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित