- Loading...
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संङया १५ पुगेको छ
- गोल्डेन खबर
- ५ साल अघि
- १०७ पटक पढिएको
|A bus ( Ba 2 Kha 2715) en route to Kathmandu from Sitatar veered off the road at Tikhukomod in Indrawati Rural Municipaltity of Sindupalchok district on Friday, October 11, 2019. Photo: RSS
२९मंसिर – सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संङया १५ पुगेको छ ।दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिएको हो ।
घुम्ती नै घुम्ती रहेको सडकमा बस पल्टिदा ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ६ का सुकबहादुर तामाङ्ग, जुगल ६ का ७ वर्षकी सविना तामाङ्ग, जुगल ७ का रेशमा तामाङ्ग र १५ महिनाकी बालिका रोशनी तामाङ्ग, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षकी जुनुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षकी मञ्जु तामाङ र ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का महेश तामाङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ की ३५ वर्षीया कुलमाया तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखा गाउँपालिका ४ की ५५ वर्षीया गंगामाया लामा, काभ्रेको बेथानचोक गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री र भक्तपुर सूर्य्विनायक नगरपालिका(८ का ३२ वर्षीय चिनु बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।