FLASH NEWS
  • Loading...

४९ हजार ५ सय भारतीय अण्डा नष्ट

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १६८ पटक पढिएको
४९ हजार ५ सय भारतीय अण्डा नष्ट

चितवन । भारतबाट अवैध रुपमा ल्याइएको ४९ हजार ५ सय कुखुराको अण्डा नष्ट गरीएको छ। चितवनको भरतपुर महानगरपालीका ५ सिताराम चोकमा रहेको मिलन ह्याचरीको १९ हजार ५ सय र परासीको बर्दघाटमा रहेको त्रिवेणी संगम ह्याचरीको ३० हजार अण्डा नष्ट गरीएको नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय उपाध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए।  अवैध रुपमा अण्डा ल्याएको सुचनाको आधारमा मिलन ह्याचरी र त्रिवेणी संगम ह्याचरीको फर्ममानै पुगरे नष्ट गरिएको पौडेलले बताए ।  पौडेलका अनुसार अण्डा ह्याचरसेटमा राखिएकै अवस्थाबाट नष्ट गरिएको हो । हिजो फर्मबाटै ४० हजार अण्डा नष्ट गरीएकोमा आज ९ हजार ५ सय अवैध अण्डा ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएर नष्ट गरीएको उपाध्यक्ष पौडलले बताए। ह्याचरी उद्योग सङ्घका उपाध्यक्ष पौडेल लगायत केन्द्रीय र जिल्ला पदाधिकारीको टोली तथा जिल्ला पसु विज्ञान केन्द्र क्वारेन्टाइनका प्रतिनीधिले नष्ट गरेका हुन्। नेपालमा २ सय १५ ह्याचरी उद्योग रहेको संघले जनाएको छ। ती उद्योगहरुबाट हप्तामा १० देखि १२ लाखसम्म बोईलर कुखुराको चल्ला र २ लाखको हाराहारीमा लेयर्स उत्पादन हुनेगरेको पौडेलले बताए। चितवनमा मात्रै १०० भन्दा बढी उद्योग रहेको छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित