- Loading...
सुनुवाई समितिको बैठकमा उपस्थित हुन नेकपाको ‘ह्वीप’
- गोल्डेन खबर
- ५ साल अघि
- ८७ पटक पढिएको
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संसदीय सुनुवाई समितिको मंगलबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सासदहरुलाई आग्रह गरेको छ । आइतबार बोलाइएको समिति बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन ‘हृवीप’लगाएको हो । कोरम नपुगेर बैठकै नबस्ने अवस्था आएपछि सबै सांसदलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको नेकपा एक नेताले बताए । मंगलबारको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाइ र अनुमोदन गर्ने तयारी छ । प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गर्दै आएको छ । नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १र१ जना सांसद सदस्य रहेका छन् ।