- Loading...
सभापति देउवा विधानविपरीत चलेको कोइरालाको आरोप
- गोल्डेन खबर
- ५ साल अघि
- ९८ पटक पढिएको
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले विधानविपरीत १४ औं महाधिवेशनलाई पर धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। पत्रकार सम्मेलनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता डा. शेखर कोइराला भन्दै थिए। सोमबार बिहान विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्धारा आयोजित पत्रकार सम्मेलनका क्रममा नेता कोइराला दोह¥याउँदै गए, “म मेरो र कोइरालापरिवारबाट पाएको राजनीति संस्करबाट अलग हुन सक्दिन, त्यो संस्कारलाई बरकरार राख्छु। उनको राजनीति संस्कार अरु नै हुनसक्छ। त्यसमा मेरो भन्नु केही छैन।” पछिल्लोसमय १४ औँ महाधिवेशन पूर्व सभापति देउवाले कार्यकाल लम्बाउन सकिने विषयमा दिँदै आएको अभिव्यक्तिप्रति आक्रोशित बनेका कोइरालाले कांग्रेसलाई थप जर्जर बनाउने तर्फ सभापतिजी इंगित हुदै गएको आरोप लगाए। अबको अढाई वर्षपछि महाधिवेशनमा जाने उनको भनाइले त्यसपछि हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको अवस्था थप विकराल बन्ने उनको भनाई छ। विधान र राजनीति प्रस्तावको विषयमा पार्टी नेतृत्वले गलत गरेकोमा आफूहरु जनताको घरघरमा पुग्ने बताएका कोइरालाले यो एजेण्डा अब १४ औँ महाधिवेशनसम्म यथावत रहने स्पस्ट पारे। बहुमतको आधारमा विधान पास गर्न भन्दापनि अझै छलफल गरि अघि बढ्न सकिने बताएका नेता कोइरालाले पार्टी प्रमुखहरुले महासमिति सदस्यहरुको भावनामा तुषारोपात गरेको आरोप लगाए। महासमिति सदस्यहरुले भनेको कुरा आत्मसात गर्नुपर्नेमा जोड दिएका नेता कोइरालाले लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्नेमा सभापति र वरिष्ठ नेता दुवैले फरक धारणा राखे यद्यपि यसअघि महासमितिमा दुवैले सदस्यको धारणा परिमार्जित गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेको बताए। सरकार गठन भएदेखि निरन्तर आर्थिक क्षेत्रको अवस्था खस्कदै गएको बताएका नेता कोइरालाले पछिल्लोसमय ब्यापार घाटा चुलिएर करिब ७ अरब रुपैयाँ पुगेको बताए। त्यसैगरि न्यायिक क्षेत्र, समाजिक सञ्जालमा समेत सरकार संकुचित र वाक स्वतन्त्रताप्रति उदासिन हुदै गएको उनले दाबी गरे।