- Loading...
प्रधानमन्त्रीको आलोचना गर्नेलाई कारबाही : गगन थापा
- गोल्डेन खबर
- ५ साल अघि
- ९९ पटक पढिएको
|Nepali Congress leader Gagan Thapa speaking at a program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको बताएका छन् । संसदमा आज सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था गर्न लागेको आरोप लगाएका हुन् । सरकारले नियत नै खराब राखेर सूचना प्रविधिसम्बन्धी विधेयक ल्याउन लागेको थापाले आरोप लगाए । सरकारले कानून बनाउँदा संविधानमा भएको वाक स्वतन्त्रताको विषयलाई ध्यान नदिएको पनि बताए । ‘यहाँ विषय दफाको होइन, धाराको होइन, नियतको हो’ उनले भने ‘यो सदनमा सफल गरेर मात्र सच्याउन सकिने प्रस्तावित ऐन होइन ।’ थापाले कानूनका धारा र दफा छलफल गरेर सच्याउन सकिए पनि नियतलाई जनताको बलमा मात्र सच्याउन सकिने बताए । कांग्रेस सांसद थापाले विधेयकमा भएको व्यवस्थाअनुसार सामाजिक सञ्जालहरु दर्ता गर्न नआएमा सरकारले गर्न चाहेको के हो रु भनी प्रश्न गरे । ‘दर्ता हुन आएन भने बन्द गर्ने सरकारको चाहना हो रु’ थापाले सोधे ।