- Loading...
समलिंगी प्रधानमन्त्रीकी प्रेमिकाले जन्माइन् सन्तान
- गोल्डेन खबर
- ५ साल अघि
- ११८ पटक पढिएको
सर्बियाकी प्रधानमन्त्री एना ब्रनाबिकी प्रेमिकाले बच्चा जन्माएकी छन् । विश्वको इतिहासमा देशको प्रधानमन्त्री वा राष्ट्रपति पदमा रहेका बेला कुनै पनि समलैंगिक नेताको पार्टनरले सन्तान जन्माएको यो पहिलो पटक हो । ४३ वर्षकी एना समलिंगी अर्थात लेस्बिएन हुन् । उनी सन् २०१७ को जुनमो सर्बियाको पहिलो महिला तथा समलिंगी प्रधानमन्त्री बनेकी थिइन् । उनकी प्रेमिका मिलिका जोडर््जेकले सन्तान जन्माएकी हुन् । उनले छोरा जन्माएको र नाम इगोर राखिएको बताइएको छ ।आमा र शिशुको स्वास्थ्य राम्रो रहेको उल्लेख गरिएको छ । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरेर शिशु जन्मिएको पुष्टि गरेको हो । समलिंगी विवाहले कानुनी मान्यता नपाएको देश सर्बियाको प्रधानमन्त्रीमा एना निर्वाचित हुनुलाई आश्चर्यको रुपमा लिइएको थियो । पेशाले डाक्टर रहेकी एनाकी प्रेमिका मिलिका कृत्रिम गर्भाधान प्रविधि मार्फत गर्भवती भएकी हुन् । देशको कानुनमा विवाह महिला र पुरुषबिच मात्रै हुने उल्लेख गरिएको छ । यस्तै गे अर्थात समलिंगीको सिभिल पार्टनरसिपलाई पनि आधिकारिता दिइएको छैन । यस्तै समलिंगी जोडीलाई बच्चा एडप्ट्ड गर्न पनि बन्देज छ । तर एकल व्यक्तिले भने सन्तान एडप्ट्ड गर्न पाउँछन् ।