- Loading...
नेपाली जनता अब भोकै मर्नुपर्दैन : प्रधानमन्त्री ओली
- गोल्डेन खबर
- ५ साल अघि
- ९९ पटक पढिएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै हरेक वर्ष फागुन एक गतेलाई रोजगार दिवसका रुपमा मनाउने र अब कुनै पनि नेपालीले भोकै बस्नु नपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आज एक समारोहबीचमा उक्त कार्यक्रमको उद्घाटन गर्दै कसैले पनि अब भोकै बस्नु नपर्ने, कसैले भोकै मर्नु नपर्ने भन्दै नेपाली जनताले देख्न चाहेको दिन यही भएको बताएका छन्। प्रधानमन्त्री ओलीले नेपालको भ्रष्टाचार र अपराधको स्थिति हेर्ने हो भने शिर झुक्ने अवस्था रहेका भन्दै यसलाई फेर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘रोजगारीको अभावलाई व्यवस्थित गर्ने बाटोमा एउटा ऐतिहासिक, दुरगामी कदमको रुपमा हामीले यसलाई सुरु गरेका छौँ। नेपालका लागि यो एउटा नयाँ अभ्यासको सुरुवात हो। नेपालमा ४० प्रतिशत भन्दा बढी युवाहरु र ६० प्रतिशत भन्दा बढी सक्रिय जनसंख्या रहेको भन्दै प्रधानमन्त्री ओलीले अब हरेक नेपालीले आफ्ना लागि, परिवारका लागि र देशका लागि केही गरेरै छोड्ने संकल्प लिनुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि छिमेकी विरुद्ध कुनै कार्ड नखेल्ने भन्दै भने, ‘हाम्रो कुनै शत्रु छैनन्, सबै मित्र छन्।