- Loading...
सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने
- गोल्डेन खबर
- ५ साल अघि
- १३३ पटक पढिएको
नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिकरूपमा करीब रु २० करोड राजश्व तिर्ने योजना बनाएको छ । यस अघि मासिक करीब रु आठ करोड राजश्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक करीब रु २० करोड तिर्ने योजना रहेको उद्योग सञ्चालन एवं सौरभ गु्रपका अगुवा शशी न्यौपानेले जानकारी दिए ।नेपालमा सिमेन्ट उत्पादन गर्ने उद्योगमध्ये दोस्रो ठूलो सिमेन्ट उद्योगका रूपमा दाबी गरिएको यस उद्योगले आफ्नो क्षमता विस्तार गरेको जनाएको छ । क्षमता विस्तारसँगै अब उद्योगले प्रतिदिन एक लाख २० हजार बोरा सिमेन्ट र १२ लाख मेट्रिकटन क्लिङ्कर उत्पादन गर्नेछ । यसअघि उद्योगले प्रतिदिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो ।करीब ३० बिघा क्षेत्रफलमा फैलिएको उद्योगले हालसम्म जग्गा खरीददेखि उद्योगको प्रविधि विस्तार र भौतिक पूर्वाधारसम्म करीब रु १२ अर्ब बराबरको लगानी भएको उद्योगले बताएको छ । उद्योगले करीब रु १५ अर्ब बराबरको सिमेन्ट बिक्री वितरण गर्ने योजना बनाएको छ ।