FLASH NEWS
  • Loading...

अनशन छाड्न गोविन्द केसीलाई कांग्रेसको आग्रह

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १०७ पटक पढिएको
अनशन छाड्न गोविन्द केसीलाई कांग्रेसको आग्रह

पोखरा । नेपाली कांग्रेसले  अनशनरत डा.गोविन्द केसीलाई अनशन छोड्न आग्रह गरेको छ । चिकित्सा शिक्षा विधेयक, २०७५ सरकारले आफूसँग गरेको सम्झौता विपरित रहेको भन्दै केसीलाई अनशन छोड्न आग्रह गरेको हो । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा। केसीका मागलाई वर्तमान सरकारले सम्बोधन नगर्ने भन्दै अनसन छोड्न अनुरोध गरेको बताए ।‘ डा. केसीले उठाएका माग उनका मात्रै नभई समग्र जनताले उठाएको माग भएको उनको भनाई थियो । जिम्मेवार प्रतिपक्षीका हैसियतले कांग्रेसले फरक ढंगबाट डा.केसीका माग सम्बोधन समेत गरिने प्रवक्ता शर्माले जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँग गरेको सम्झौता कार्यान्वयन गरियोस् र उनको जीवन रक्षा होस् भन्दै कांग्रेस संसद अवरुद्ध गर्न बाध्य भएको शर्माले स्पष्ट पारे । मार्सल लगाएर पारित गरिएको चिकित्सा विधेयक राष्ट्रहित विपरित भएको बताउँदै प्रवक्ता शर्माले संसदीय अभ्यासमा नेकपा सरकारले गलत अभ्यास गरेको आरोप लगाए । प्रधानमन्त्री वलीले आफूले गरेको गल्ती रियालाइज नगर्ने प्रवृत्ति भएका कारण समस्या आएको शर्माले बताए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गरेका गल्ति स्विकार गर्ने बानी बसिसकेकोले प्रधानमन्त्री वलीले आफ्ना आधा अध्यक्षसँग केही सिक्न सुझाव दिए । सम्पन्न महासमिति बैठकबाट कांग्रेसले नयाँ योजनाका साथ आफूलाई रुपान्तरणको बाटोमा हिडाइसकेको समेत प्रवक्ता शर्माले सुनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित