- Loading...
कांग्रेसकाे सदन र सडकबाट आन्दोलन सुरू : गगन थापा
- गोल्डेन खबर
- ५ साल अघि
- १०० पटक पढिएको
काठमाडौं । सरकारले निषेधको राजनीति सुरु गरेको नेपाली कांग्रेसका सांसद गगन थापाले बताएका छन्। सरकारले थालेको निषेधको राजनीतिमा सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालक जस्तो भएर सहयोग गरेको उनले बताए। थापाले मेडिकल कलेज खोल्ने उद्देश्यसहित चिकित्सा शिक्षा विधेयक पारित भएको उनले बताए। साथै उनले आज सदनमा भएको काम कारबाही नहुनुपर्ने तरिकाले भएको बताए। समाजवाद ल्याउने सरकारले सरकारी स्वास्थ्य संस्था खोल्ने कुरालाई कुल्चेर विधेयक पारित गरेको उनले बताए। उनले आजको गतिविधि सरकार र सभामुख दुवैका लागि महँगो पर्ने बताए। सरकारले निषेधको राजनीति सुरु गरेको छ, सभामुख आदेश पालक जस्ता देखिएका छन्,’ उनले भने,।’ संसदमा आज नेपाली कांग्रेसको अवरोधका बीचमा चिकित्सा शिक्षा विधेयक पारित भएको छ। थापाले अब कांग्रेसले सदन र सडक दुवै ठाउँबाट आन्दोलन गर्ने बताए। ‘