FLASH NEWS
  • Loading...

उखुबारीमा करेन्ट लागेर मृत्यु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९१ पटक पढिएको
उखुबारीमा करेन्ट लागेर मृत्यु

लहान । उखुबारीमा सिंचाइ गर्न जडान गरिएको विद्युतीय तारमा करेण्ट लागेर सिरहाको लहान नगरपालिका  २३ मा एक युवकको मृत्यु भएको छ । गाढा तिलेवनास्थित उखुबारीमा करेण्ट लागेर सिरहाको सखुवानान्करकट्टी गाउँपालिका ४ सिम्राही निवासी १८ वर्षीय मोहमद मजलुमको मृत्यु भएको हो । स्थानीयवासी १७ वर्षीय मोहमद रहमद र १९ वर्षीय मोहमद जवाहरले उक्त उखुबारीमा सिंचाई गर्न गए राति जडान ग।रेको पानी तान्ने मोटरमा करेण्ट प्रवाह भएका अवस्थामा उखुबारी पुगेका मजलुमलाई करेण्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते मजलुमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित