FLASH NEWS
  • Loading...

चिकित्सा शिक्षा विधेयक पास गर्न प्रतिपक्षलाई सभामुख महराको आग्रह

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १४८ पटक पढिएको
Post Thumbnail

काठमाडौं ।  चिकित्सा शिक्षा विधेयक पास गर्न प्रमुख प्रतिपक्ष दललाई सभामुख कृष्णबहादुर महराले आग्रह गरेका छन्। सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा  आज पत्रकारसँग कुरा गर्दै सभामुख महराले एकपटक प्रक्रियामा गइसकेको विधेयक पास गर्न आग्रह गरेका हुन्।
आफूले त्यसका लागि प्रतिपक्ष दलका नेताहरूसँग कुरा गरिरहेको सभामुख महराको भनाई छ। सभामुख महराले कांग्रेस जस्तो संसदीय अभ्यासमा लामो अनुभव भएको पार्टीले संसदीय अभ्यासको गल्ती नगर्ने आफूलाई विश्वास भएको बताए। मर्यादित भएर संसदीय अभ्यासमा लाग्न अनुरोध गर्दछुु सभामुख महराले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित