FLASH NEWS
  • Loading...

परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८७ पटक पढिएको
परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या

बुटवल । नवलपरासीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जंगलमा  शनिबार एक महिलाको शव फला परे लगत्तै प्रेमिकालाई सूचना दिँदै आफ्नै श्रीमानले हत्या गरेको  प्रहरीले  जनाएको छ । जिल्लाको वर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला थरुनी चौधरीको शव शनिवार दाउरा घाँस गएका महिलाहरुले चिसापानी जङ्गलमा देखेर प्रहरीलाई खबर गरेका थिए । उनलाई आफ्नै श्रीमान् सुनिल चौधरीले हत्या गरेर जङ्गलमा फालेको निजले नै स्वीकार गरेको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।उनका श्रीमान सुनिल विदेश श्रीमान भएकी अर्की एक महिलासँग प्रेम सम्वन्ध राख्दै आएका थिए । श्रीमतिको हत्या गरे पछि ती महिलालाई ‘मैले मेरी बुढी मारेँ’ भन्ने सूचना मोवाइलमा एसएमएसमा पठाएका थिए । त्यही एसएमएसको आधारमा ती महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएएको प्रहरी निरीक्षक सिंहले बताए । बुहारीको शव लुकाउन ससुराले समेत भूमिका खेलेको पाइएपछि उनलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । श्रीमान सुनिलसँग सम्बन्ध रहेको भनेकी ती महिलाले भने आफू र सुनिलबीच प्रेम सम्बन्ध नरहेको प्रहरीसामु बताएकी छिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित