FLASH NEWS
  • Loading...

भूमि व्यवस्थापनमा नीतिगत काम हुँदैछ : मन्त्री अर्याल

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९५ पटक पढिएको
भूमि व्यवस्थापनमा नीतिगत काम हुँदैछ : मन्त्री अर्याल

बुटवल ।   भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले भूमि व्यवस्थापनका विषयमा नीतिगत काम गरिरहेको जानकारी दिएकी छिन्। आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले मुलुकमा पहिलोपटक भू्–उपयोग नीति ल्याएर भूमिको व्यवस्थापन गर्न खोजिएको बताइन्। मन्त्री अर्यालले मालपोत ऐन, गुठी ऐनलगायतका ऐन संशोधनको तयारी भएको उल्लेख गर्दै भूमिसम्बन्धी संरचनागत काम भइरहेको र एक वर्षभित्रै परिणाम आउने बताइन्। उनले जमीनको कित्ताकाट सैद्धान्तिक रुपमा रोकिएपनि व्याहारिक रुपमा कित्ताकाट नरोकिएको उल्लेख गर्दै स्थानीय तह जिम्मेवार भएर कित्ताकाट हुनेछ भनिन्। मन्त्री अर्यालले विगतमा भएका कित्ताकाटभन्दा भिन्न ढङ्गले जमीनको कित्ताकाट गरिने उल्लेख गर्दै कित्ताकाटका लागि अहिले प्राविधिक संयन्त्र निर्माण गरिने र त्यो अस्थायी हुने बताइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित