FLASH NEWS
  • Loading...

श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन्

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०८ पटक पढिएको
श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन्

इन्डोनेसिया ।   श्रीमान श्रीमतीको बीचमा  झगडाले विकराल रुप लिएको  इन्डोनेसियामा । मोबाइलको पासवर्ड नदिएको भन्दै सुरु भएको झगडाले श्रीमानले ज्यान गुमाएका छन् । मोबाइलको पासवर्ड नदिएको रिसमा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएर हत्या गरेकी हुन् । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए।त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट गरे । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएको बिहीबार उनको निधन भयो । पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् । त्यसपछि डेडी पुरनामा नराम्ररी जले । उनलाई केरुआक हेल्थ सेन्टर लगियो तर दुई दिनपछि उनको निधन भयो । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित