FLASH NEWS
  • Loading...

च्याम्पियन्स लिग सेमिफाइनलमा पिएसजी, एस्टन भिल्लालाई समग्रमा ५-४ ले हराउँदै अघि बढ्यो

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ४० पटक पढिएको
च्याम्पियन्स लिग सेमिफाइनलमा पिएसजी, एस्टन भिल्लालाई समग्रमा ५-४ ले हराउँदै अघि बढ्यो

पेरिस सेन्ट जर्मेन (पिएसजी ) च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

एस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा मंगलवार ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजी अघि बढ्न सफल रह्यो । पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ ले अन्तिम चारमा पुगेको हो।

भिल्ला गोलकिपर एमिलियानो मार्टिनेजले केही महत्वपूर्ण बचाउ गरेपनि त्यो टोलीका लागि पर्याप्त रहेन । भिल्लाले अविश्वसनीय रुपमा पुनरागमन सम्भावना देखाएपनि अर्को गोल थप्न नसक्दा बाहिरिनु पर्यो ।

पहिलो आधा घण्टामै २ गोलको सामना पछि भिल्लाको आशा लगभग समाप्तजस्तै देखिएको थियो। आच्राफ हाकिमीले गोलकिपर मार्टिनेजको गल्तीको फाइदा उठाउँदै ११ औं मिनेटमा गोल गरेर पिएसजीलाई अग्रता दिलाए ।

त्यसपछि २७ औं नुनो मन्डेसले गोल गर्दै फ्रेन्च टोलीको अग्रता दोब्बर बनाए । त्यो गोलपछि गर्दा भिल्लालाई कम्तिमा बराबरी गर्न ४ गोल चाहिएको थियो।

घरेलु मैदान भिल्ला पार्कमा टोलीले पुनरागमनको प्रयास जारी राख्यो । यौरी टिलेमान्सले ३४ औं मिनेटमा एक गोल फर्काएपछि पहिलो हाफ २-१ अवस्थामा टुंगियो ।

त्यसपछि दोस्रो हाफ थप रोमान्चक रह्यो । उनाई एमेरीको टोलीले सहजै हार स्वीकारेन । प्रतिभाशाली पिएसजी टोलीलाई दबाबमा राख्दै गोल फर्कायो ।
भिल्लाले २ मिनेटभित्र २ गोल गर्दै पिएसजीमाथि दबाब बढायो ।

५५ औं मिनेटमा जोन म्याकगिनले २० यार्डबाट गोल गरे । त्यसपछि मार्कस रासफोर्डको सानदार पासमा डिफेन्डर एज्री कोन्साले गोल गर्दै भिल्लालाई अग्रता दिलाए ।

भिल्लाको आत्मविश्वास बढ्दै गयो । तर पिएसजीका गोलकिपर जियानलुइजी डोनारुम्माले ३ महत्वपूर्ण बचाउ गरे । जसले भिल्लालाई खेलमा बराबरी गर्नबाट रोक्यो।

पहिलो रासफोर्डको प्रयासलाई रोके । त्यसपछि टिलेमान्सको हेडरलाई विफल पारे । अन्त्यमा परिवर्तित मार्को एसेन्सियोको प्रहारलाई खुट्टाले जोगाए ।

पिएसजीले अब सेमिफाइनलमा आर्सेनल वा रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । आर्सनल पहिलो लेगमा ३-० ले विजयी भएको थियो। क्वाटरफाइनलको अर्को लेगमा सफल हुँदै बार्सिलोना सेमिफाइनलमा पुगेको छ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित