FLASH NEWS
  • Loading...

“सरकारद्वारा वैशाख महिना ‘खोप महिना’ घोषण, बालबालिकाको खोप सुनिश्चित गर्न आग्रह”

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ८७ पटक पढिएको
“सरकारद्वारा वैशाख महिना ‘खोप महिना’ घोषण, बालबालिकाको खोप सुनिश्चित गर्न आग्रह”

सरकारले वैशाख महिनालाई खोप महिना घोषण गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने घोषण गरेको हो ।

सरकारले विभिन्न रोगको सङ्क्रमणबाट बचाउन बच्चा जन्मेदेखि १५ महिनासम्मका राष्ट्रिय खोप तालिका बनाएर खोप दिँदै आएको छ । बच्चा जन्मेदेखि १५ महिनासम्म सात पटक गरी १३ वटा रोगविरुद्धको खोप दिँदै आएको छ ।

जन्मेदेखि १५ महिना उमेरका बालबालिकालाई नियमित खोपमा दिनुपर्ने खोपमध्ये कुनै खोप छुटेको भए छुट खोप लगाउन बालरोग विशेषज्ञ डा.कल्पना उपाध्याय सुबेदीले अनुरोध गर्नुभएको छ ।

जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन् तबसम्म कोही पनि बालबाकिला सुरक्षित नहुने हुँदा छरछिमेकीमा खोप लगाउन छुटेका बालबालिका खोप लगाउन समन्वय गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

१५ महिनाभित्र दिनुपर्ने खोप

डा.सुबेदीका अनुसार बच्चा जन्मने वित्तिकै क्षयरोगविरुद्धको बिसिजी खोप दिने गरिन्छ । सरकारले जन्मेको ६, १० र १४ हप्तामा रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया (न्यूमोकोकल रोग) भ्यागुते रोग, लहरे खोकी, धनुुष्टकार, हेपाटाइटिस बी हेमोफिलस इन्फ्युन्जाबीविरुद्धका रोटा, पोलियो, पिसिभी, डिपिटी खोप, हेप बी हिब खोप लगाउँदै आएको छ ।

नौ महिनामा पोलियो, दादुरा रुबेला निमोनिया (न्युमोकोकल) रोगविरुद्ध एफ आई पि भी, पिसिभी, दादुरा रुबेलाविरुद्धको खोप लगाइन्छ ।

१२ महिनामा जापाजि इन्सेफलाइटिसविरुद्धको खोप लगाइन्छ । १५ महिनामा दादुरा, रुबेला टाइफाइडविरुद्धको खोप लगाइन्छ ।

यो आर्थिक वर्षदेखि सरकारले कक्षा छ का छात्रा/विद्यालय नजाने १० वर्षका किशोरीलाई लक्षित गदै पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप समावेश गरेको छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित