FLASH NEWS
  • Loading...

“धुलो र हिलोबीच यात्रा: धुलिखेल–खावा सडकको अधुरो कहानी”

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ३७ पटक पढिएको
“धुलो र हिलोबीच यात्रा: धुलिखेल–खावा सडकको अधुरो कहानी”

निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडिएपछि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड निर्माणको काम अन्योलमा परेको छ । निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडिएपछि बर्साको समयमा हिलो, पहिरोलगायतबाट हुन सक्ने राजमार्ग बन्दको विषयमा नागरिक तहमा चिन्ता र चासो बढेको हो ।

सडक डिभिजन भक्तपुरले फागुन १५ गते अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको विस्तारको जिम्मा पाएको गौरीपार्वती निर्माण सेवासँगको ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको थियो । निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडिएपछि निर्माणाधीन उक्त सडक विस्तारका लागि नयाँ ठेक्का कहिले सुरु हुन्छ र कहिले सम्पन्न हुन्छ भन्ने अन्योल देखिएको छ ।

“ठेक्का लिएको निर्माण व्यवसायीलाई पटक पटक सम्पर्क गरेर आग्रह गर्दासमेत अटेर गरेपछि ठेक्का अन्त्य गर्ने निर्णय गरेका हौँ,” सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले भन्नुभयो । ठेक्का अन्त्य गरेपछि पिवी (परफर्मेन्स बन्ड) र एपिजी (एड्भान्स पेमेन्ट ग्यारेन्टी) तान्नका लागि बैङ्कलाई पत्राचार गर्ने तथा कालो सूचीमा राख्ने प्रव्रिmया अघि बढाइएको थियो । अदालतले कारण देखाऊ आदेश दिएर कालो सूचीमा राख्ने प्रव्रिmया पिवी र एपिजी जुन अवस्थामा छ सोही अवस्थामा राख्न आदेश दिएका कारण उक्त काम हुन नसकेको उहाँले बताउनुभयो । २०८० चैत १९ गतेभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी सडक डिभिजन भक्तपुर र गौरीपार्वती निर्माण सेवा प्रालिबिच २०७९ जेठ २० गते ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीसँगको ठेक्का अन्त्य गरिएसँगै घाम लाग्दा धुलो र बर्षा हुँदा पहिरो र हिलोले यात्रा कठिन हुँदै आएको छ ।

निर्माण व्यवसायीले समयमा नै काम सम्पन्न नगर्दा सवारी दुर्घटनाका कारण दर्जनौँ सवारीचालक तथा यात्रु घाइतेसमेत भएका छन् । सिडिई योगेशले ठेक्का अन्त्य गरिएसँगै कार्यालयले फिल्डमा भएका कामको नापजाँच गरी सडक निर्माणका लागि नयाँ लागत स्टिमेट तयार गरेको बताउनुभयो ।

धुलिखेल–खावा सडकखण्ड विस्तारका लागि नयाँ लागत स्टिमेट तयार गर्ने व्रmममा करिब ४२ करोड रुपियाँ बराबरको लागत अनुमान निस्किएको छ । उक्त सडक निर्माणका लागि स्रोत सहमतिका लागि अर्थ मन्त्रालयसँग माग गरेका छौँ, सिडिई योगेशले भन्नुभयो । उहाँले मन्त्रालयबाट सहमति प्राप्त हुनेबित्तिकै सडक निर्माणका लागि नयाँ ठेक्का आह्वान गरिने बताउनुभयो ।

उक्त सडकखण्ड अन्तर्गत पकुचादेखि खावासम्मको दुई किलोमिटर अप्ठ्यारो स्थानमा ग्राभेल गर्न सडक विभागसँग आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले हिउँद र बर्षामा हुन सक्ने सडक अवरोध हटाउनका लागि केही जनशक्तिका साथै ग्राभेलसहितको निर्माण सामग्री, पानी ट्याङ्करलगायतका उपकरण फिल्डमा नै राखिने जानकारी दिनुभयो । धुलिखेलदेखि खावासम्मको सडकखण्डमा नाली बनाउने बाहेकका सबै काम सुरुदेखि नै गर्नुपर्ने अवस्था रहेको छ । सिडिई योगेशले भित्तो काटेर पहिरो आएको स्थानको सुरक्षाका लागि पर्खाल लगाउने, ग्राउटिङ, बायो इन्जिनियरिङ, रिटेनिङ पर्खाल लगाउने काम गरिने बताउनुभयो ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित