FLASH NEWS
  • Loading...

बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ८७ पटक पढिएको
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने

काठमाडौँ । फिल्म ‘कल्ली’ को यतिबेला जुम्लामा छायाङ्कन भइरहेको छ । छायाङ्कनकै समय फिल्मको रिलिज मिति आउँदो वर्षको कात्तिक २१ घोषणा गरिएको छ ।

निर्माण युनिटले वितरक काफिया फिल्मस् र कुबेर फिल्मस्सँगको सल्लाह अनुसार फिल्मको रिलिज मिति तय गरेको हो । फिल्म कात्तिक २१ गते रिलिज गर्ने तय भएको  प्रस्तुतकर्ता किरण नेपालीले बताए ।

हिमाल कडेरिया र अमला देवी राई निर्माता रहेको फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् । कथा समेत निर्देशक सुनारकै रहेको छ । महेश दवाडीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म बनेको हो । फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारको अभिनय छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित