FLASH NEWS
  • Loading...

च्याम्पियन्स लिग क्वार्टरफाइनल: बार्सिलोना र पिएसजीको रोमाञ्चक जित

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ६९ पटक पढिएको
च्याम्पियन्स लिग क्वार्टरफाइनल: बार्सिलोना र पिएसजीको रोमाञ्चक जित

युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल पहिलो लेगमा बार्सिलोना र पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शानदार जित हात पारेका छन्।

बार्सिलोनाले घरेलु मैदानमा बोरुसिया डर्टमन्डलाई ४-० ले पराजित गर्दै सेमिफाइनलतर्फ सशक्त कदम चालेको छ। खेलमा ब्राजिलियन फरवार्ड राफिन्हाले १ गोल र २ एसिस्ट गर्दै च्याम्पियन्स लिगको एउटै सिजनमा १९ गोलमा संलग्न हुँदै लियोनेल मेस्सीको कीर्तिमानसँग बराबरी गरे। मेस्सीले सन् २०११–१२ को सिजनमा १९ गोलमा भूमिका निर्वाह गरेका थिए।

२५ औं मिनेटमा राफिन्हाले पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा रोबर्ट लेवान्डोव्स्कीले दुई गोल थप्दै टोलीको जित सुनिश्चित गरे। लामिन यामालले ७७ औं मिनेटमा चौथो गोल गर्दा राफिन्हाले निर्णायक पास दिएका थिए।

त्यस्तै, पिएसजीले एस्टन भिल्लाविरुद्ध ३-१ को पुनरागमन जित निकाल्यो। पाहुना टोली एस्टन भिल्लाका लागि मोर्गन रोजर्सले ३५ औं मिनेटमा अग्रता दिलाए पनि त्यो लामो समय टिक्न सकेन। ३९ औं मिनेटमा डेजिरे डोउएले बराबरी गोल फर्काए भने दोस्रो हाफमा ख्विचा ख्वारात्स्खेलियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। इन्ज्युरी समयमा नुनो मेन्डेसले तेस्रो गोल गरेपछि जित सुनिश्चित भयो।

यससँगै, मंगलबार भएका अन्य क्वार्टरफाइनल खेलमा आर्सनलले साविक विजेता रियल म्याड्रिडलाई ३-० ले पराजित गरे भने इन्टर मिलानले बायर्न म्युनिखलाई २-१ ले हराएको थियो।

चारै खेलमा युरोपियन लिगको उच्च स्तरको प्रतिस्पर्धा झल्किएको छ, जसमा बार्सिलोना र पिएसजीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित