FLASH NEWS
  • Loading...

‘कृष ४’ मा ऋतिक रोशनको ट्रिपल भूमिका

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • २२ पटक पढिएको
‘कृष ४’ मा ऋतिक रोशनको ट्रिपल भूमिका

बलिउड अभिनेता ऋतिक रोशन ‘कृष ४’ बाट निर्देशनमा डेब्यू गर्दैछन्।
यसैबीच फिल्मलाई लिएर रोचक खबर बाहिरिएको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार यस फिल्ममा ऋतिक रोशनको ट्रिपल भूमिका हुनेछ। उनी रोहित, कृष र खलनायकको भूमिकामा देखिने बताइएको छ।
त्यस्तै फिल्ममा प्रीति जिन्टाको मुख्य भूमिका हुनेछ। फिल्ममा नोरा फतेही पनि हुने बताइएको छ।
यस फिल्मलाई राकेश रोशन र आदित्य चोपडाले निर्माण गर्नेछन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार फिल्मको स्क्रिप्ट तयार भइसकेको छ।

  • 2
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित