FLASH NEWS
- Loading...
एकैदिन तोलामा दुई हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच
- गोल्डेन खबर
- १ हप्ता अघि
- २१ पटक पढिएको

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस