FLASH NEWS
  • Loading...

सत्ता र प्रतिपक्षीको हो-हल्लापछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

  • गोल्डेन खबर
  • ३ दिन अघि
  • १६ पटक पढिएको
सत्ता र प्रतिपक्षीको हो-हल्लापछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

|प्रतिनिधिसभा बैठक काठमाडौँ, ५ फागुनः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः किरणराज विष्ट÷रासस

प्रतिनिधि सभाको आइतबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बैठक सुरू हुनेबित्तिकै सत्ता र प्रतिपक्षी दलका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै हो-हल्ला गरेका थिए।

सांसदहरूको हो-हल्लाले कसले के माग राखेको हो प्रष्ट हुन सकेको थिएन।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

बैठकको लाइभ प्रशारण पनि भएन। प्रतिनिधि सभा बैठक युटुवमा लाइभ प्रशारण हुने गर्थ्यो

संघीय संसद भवनमा रहेको मिडिया सेन्टरसम्म लाइभ प्रशारण गरे पनि युटुवमा लाइभ आएको थिएन।

साथै पत्रकारहरूलाई पनि संघीय संसद भवनको ग्यालरीमा प्रवेश गर्नुअघि कडाइ गरिएको थियो

  • 2
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित