FLASH NEWS
  • Loading...

आँधीखोला गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सुरु

  • गोल्डेन खबर
  • ४ दिन अघि
  • १६ पटक पढिएको
आँधीखोला गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सुरु

आँधीखोला गाउँपालिकामा एकै चोटी दुई वटा झोलुङ्गे पुल बन्ने भएका छन् । वर्षौंसम्म पुलको आवश्यकता ठानी तत्कालीन जिल्ला विकास समितिसमेत धाउने गरेका यहाँका बासिन्दाले स्थानीय सरकार आएको झन्डै आठ वर्षपछि आँधीखोला गाउँपालिकाको वडा नं. २ र ५ को सिमानामा पुल बन्ने भएका हुन् । आँधीखोलाका स्थानीयले पुलको आवश्यकता रहेको भन्दै सामूहिक रूपमा निवेदन दिएपछि आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले बोहिया झोलुङ्गे पुल र सम्धीखोला झोलुङ्गे पुल निर्माण सुरु गरिएको छ ।

बोहियामा १२० मिटर झोलुङ्गे पुल निर्माण गर्न प्रदेश सरकारको दस लाख र आँधीखोला गाउँपालिकाको साठी लाखको लागत साझेदारीमा पुल निर्माण हुन थालेको हो । त्यसै गरी सम्धीखोलामा पनि १२० मिटर लम्बाइको ३३ लाख ९१ हजार ४४५ रुपियाँ छयासी पैसामा पुल बन्न लागेको हो ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित