FLASH NEWS
- Loading...
‘आरसी १६’ को पोस्टरमा यस्तो देखिए रामचरण
- गोल्डेन खबर
- ४ दिन अघि
- २० पटक पढिएको

दक्षिण भारतीय अभिनेता रामचरण आगामी फिल्म ‘आरसी १६’ मा देखिँदैछन्।
निर्माण टिमले रामचरणको ४० औं जन्मदिनको अवसर पार्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन्। सार्वजनिक पोस्टरमा उनी खतरनाक लुक्समा देखिएका छन्।
फिल्मको पोस्टर सार्वजनिक भएपछि दर्शकले ‘पुष्पा २’ मा अल्लू अर्जुनको जस्तो लुक्स रहेको बताएका छन्। एक सामाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘मिनी पुष्पा।’
बुची बाबू सनाले निर्देशन गरेको फिल्म ‘आरसी १६’ मा शिव राजकुमार, जान्हवी कपूर, जगपति बाबू, दिव्येन्दु शर्मालगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक बुच्ची बाबू सनाले लेखेका हुन्।
यो फिल्मको छायांकन छिट्टै सुरू हुँदैछ।
प्रतिक्रिया दिनुहोस