FLASH NEWS
  • Loading...

नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति

  • गोल्डेन खबर
  • ४ दिन अघि
  • १५ पटक पढिएको
नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार हुने भनिएको प्रदर्शनी र आन्दोलन स्थगित नभएको जनाएको छ।

पार्टीको छाप र प्रवक्ताको नाम दुरूपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनी सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएको हो।

‘भोलि चैत १५ गते शुक्रबार राजधानीमा राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी लगायतका विषयमा हुने प्रदर्शन र आन्दोलनका सम्बन्धमा पार्टीको नाम, छाप र प्रवक्ताको नाम दुरूपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनी सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको छ। यस्ता कार्यहरू निन्दनीय र आपत्तिजनक छन्,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राप्रपाको प्रवक्ता एंव प्रचार विभाग प्रमुख मोहनकुमारले शुक्रबार तीनकुनेमा हुने प्रदर्शनमा सहभागी भई आन्दोलनलाई सहयोग गर्न आह्वान गरेका छन्। 

‘प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंक्ति र आम जनसमुदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,’समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन प्रतिबद्ध छ।’  

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित