FLASH NEWS
  • Loading...

महिला एसियन कप छनोट खेल्न नेपाल उज्वेकिस्तान जाने

  • गोल्डेन खबर
  • ३ दिन अघि
  • १२ पटक पढिएको
महिला एसियन कप छनोट खेल्न नेपाल उज्वेकिस्तान जाने

एएफसी महिला एसियन कप २०२६ को छनोट चरणमा नेपाल समूह एफमा परेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा विहीबार सम्पन्न ड्रमा नेपाल र आयोजक उज्वेकिस्तान एकै समूहमा परेका हुन् । समूह एफ मा लाओस र श्रीलंका पनि रहेका छन् । हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् ।

३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो । जुन महिनामा हुने समूह एफको छनोट खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले हालसम्म उज्वेकिस्तानविरुद्ध खेलेको सबै ३ खेल हारेको छ । लाओसविरुद्ध हालसम्म नखेलेको नेपालले श्रीलंकामाथि भने सबै ८ खेलमा जितको नतिजा निकालेको छ ।

एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन् ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित