FLASH NEWS
  • Loading...

टर्कीमा पक्राउ परेका एएफपी फोटोग्राफरसहित सात पत्रकार रिहा

  • गोल्डेन खबर
  • ३ दिन अघि
  • ११ पटक पढिएको
टर्कीमा पक्राउ परेका एएफपी फोटोग्राफरसहित सात पत्रकार रिहा

टर्कीएको अदालतले दशकौँ यताकै सबैभन्दा खराब प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा पक्राउ परेका एएफपीका एक फोटोग्राफरसहित सात जना पत्रकारलाई बिहीबार रिहा गर्न आदेश दिएको छ । गैरसरकारी संस्था र आन्दोलनको पक्षधर एक वकिलले पत्रकारलाई रिहा गर्न अदालतले आदेश दिएको पुष्टि गरेका छन् ।

प्रदर्शनको रिपोर्टिङ गरिरहेका टर्कीएका ११ जना पत्रकार, इस्तानबुलमा आठ जना र इजमिरमा तीन जनासहित एएफपीका फोटोग्राफर यासिन अकगुललाई प्रहरीले पक्राउ गरेको थियो ।

मङ्गलबार इस्तानबुलको एक अदालतले अकगुल र अन्य ६ जनालाई ‘कानुनको बर्खिलाप हुनेगरी’ र्याली र जुलुसमा भाग लिएको’ आरोपमा हिरासतमा राखेको थियो । यो कदमको अधिकारवादी समूह र पेरिसस्थित अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले कडा निन्दा गरेका छन् ।

टर्कीएमा गत मार्च १९ मा भएको इस्तानबुलका लोकप्रिय विपक्षी नगर प्रमुख एकरेम इमामोग्लुलाई जेल चलान गरिएपछि टर्कीमा जारी एक साता लामो प्रदर्शनका क्रममा सात पत्रकारसहित सयौँ प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिइएको थियो ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानको मुख्य राजनीतिक प्रतिद्वन्द्वीका रुपमा हेरिएका ५३ वर्षीय इमामोग्लुको गिरफ्तारीलाई एर्दोगानले आफ्नो नेतृत्वलाई अझ निरङ्कुश बनाउने सङ्केत गर्छ ।

टर्कीएका तीन ठुला शहरमा भएको विरोध प्रदर्शन प्रतिबन्धको अवज्ञा गर्दै दिनहुँ ठुलो भीड सडकमा उत्रने गरेको छ भने रातको समयमा हुने जमघटमा पनि दङ्गा प्रहरीसँग भिडन्त हुने गरेको छ ।

अदालतले सातै जनालाई हिरासतबाट रिहा गर्न आदेश दिएको एमएलएसए अधिकार समूहले बिहीबार जनाएको हो । एएफपीका फोटो पत्रकार ३५ वर्षीय अकगुललाई जेलबाट रिहा गर्ने तयारी भएको उहाँका वकिलले बताउनुभएको छ । उहाँले अकगुललाई सशर्त रिहा गर्न दिइएको हो वा आरोप हटाइएको हो भन्ने स्पष्ट नभएको बताउनुभयो ।

एएफपीका प्रमुख कार्यकारी तथा अध्यक्ष फेब्रिस फ्राइजले अकग्रुललाई हिरासतमा लिइनु ‘अस्वीकार्य’ कदम भएको भन्दै उहाँको पक्राउको निन्दा गर्नुभएको थियो । फ्राइजले अकगुल ‘प्रदर्शनमा सहभागी नभएको’ र पत्रकारको हैसियतमा मात्र समाचार सम्प्रेषण गरेकाले उहाँलाई तत्काल रिहा गर्न माग गर्नुभएको थियो ।

“यासिन अकगुलको रिहाई स्वागतयोग्य छ र यसले ठुलो अन्यायको समाधान गर्छ,” रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का एरोल ओन्डेरोग्लुले बिहीबार एएफपीसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “अन्यायपूर्ण व्यवहारका कारण स्वतन्त्रताबाट बञ्चित भएका अन्य सबै पत्रकारको रिहाइको माग गर्दछौँ ।

टर्कीको पश्चिमी तटीय शहर इज्मिरमा पक्राउ परेका अन्य चार जनामध्ये दुई जनालाई रिहा गरिएको र अन्य दुई जनालाई हिरासतमा राखिएको टर्कीको पत्रकार युनियनले जनाएको छ । गिरफ्तारीको संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ ।

गृहमन्त्री अली येर्लिकायाले मंगलबार दिउँसोसम्म प्रहरीले एक हजार ४१८ जनालाई पक्राउ गरेको जानकारी दिँदै ‘सडकमा आतङ्क मच्चाउनेलाई कुनै छुट नदिइने’ चेतावनी दिनुभएको छ । त्यसयता हिरासतमा लिइएका सङ्ख्याबारे थप अद्यावधिक गरिएको छैन ।

टर्कीको सबैभन्दा ठुलो शहर इस्तानबुल विश्वविद्यालय र राजधानीको अङ्कारा विश्वविद्यालय बाहिर विद्यार्थीहरूले बुधबार पुनः सडकमा प्रदर्शन गरेका थिए । विगतका दिनहरूमा जस्तै धेरैले प्रहरीले चिन्न नपाओस् भनेर स्कार्फ वा मास्कले अनुहार छोपेका थिए ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित