FLASH NEWS
  • Loading...

पिएम कप: आर्मीका स्पिनरको घातक बलिङ, पुलिस १४८ रनमै समेटियो

  • गोल्डेन खबर
  • ३ दिन अघि
  • १४ पटक पढिएको
पिएम कप: आर्मीका स्पिनरको घातक बलिङ, पुलिस १४८ रनमै समेटियो

त्रिभुवन आर्मी क्लबका स्पिन बलरहरु चम्कदा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब मध्यम योगफलमा समेटिएको छ ।

जारी विभागीय डर्बी खेलमा आर्मीविरुद्ध पुलिस १ सय ४८ रनमा नै अल आउट भएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४१.४ ओभरमा १ सय ४८ रनमा अल आउट भएको हो ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याटर चल्न नसक्दा कम योगफलमा नै समेटियो । कप्तान ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडे ।

आरिफ शेख ५२ बलमा २२, गुल्शन झा २७ बलमा १७ तथा अर्जुन साउद ३५ बलमा १३ रन जोड्दै आउट भए । सागर ढकाल २७ बलमा १६ रनमा अविजित रहे । पुलिसको ब्याटिङ धराशाही बनाउँन आर्मीका लागि १० नै विकेट स्पिनरले लिए ।

शाहब आलमले १० ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । शाहबले पिएम कपको इतिहासमा १ सय विकेट पूरा गरेका छन् । उनी अगाडी पुलिसका ललितनारायण राजवंशीले १ सय विकेट पूरा गरेका थिए । शाहबले ४७ इनिङमा १ सय विकेट पूरा गरेका हुन् ।

सन् २०१७ बाट सुरु पिएम कपमा शाहब निरन्तर त्रिभुवन आर्मी क्लबमा रहेका छन् । यस संस्करणमा पनि शाहब २८ विकेटका साथ सर्वाधिक विकेटकर्ताको दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका ललितको ३६ विकेट रहेको छ ।

नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १ विकेट लिए ।

शनिवार हुने पिएम कपको फाइनलमा स्थान पक्का गरिसकेका पुलिस र आर्मीको यस खेलले लिग चरणको शीर्ष र दोस्रो हुने टोली छुट्याउने छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित