FLASH NEWS
  • Loading...

नागेन्द्र र रचनाको ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक

  • गोल्डेन खबर
  • ३ दिन अघि
  • २० पटक पढिएको
नागेन्द्र र रचनाको ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक

काठमाडौँ । गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, गायक श्रेष्ठकै सङ्गीत रहेको गीतमा याकुब तामाङको एरेन्ज छ । 

गीतको भिडियोमा प्रविन डिसी र समीक्षा न्यौपानेको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथा भिडियोमा समेटिएको छ ।

जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडियोमा कालिन्चोकका विभिन्न स्थानमा छायाङ्कन गरिएको हो । भिडियोमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायाङ्कन, मिन रावलको सम्पादन छ । 

गायक श्रेष्ठका उनका आधा दुख घटाएर, तिमी बिना,  तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर लगायत दर्जनौँ गीत यसअघि सार्वजनिक भएका छन् । 

  • 4
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित