FLASH NEWS
  • Loading...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

  • गोल्डेन खबर
  • १ दिन अघि
  • ७ पटक पढिएको
पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले दिल्लीलाई पाँच विकेटले हरायो ।

जितसँगै नेपालको तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालमा ३१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाउनुभयो । रोशन विश्वकर्माले अविजित २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन बनाउनुभयो । बलिङमा दिल्लीका अमन चौधरीले दुई तथा क्रिरित कौशिक, कप्तान रौनक वेग्हेला र शुवम दुबेले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले २३.२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन बनाएको थियो । दिल्लीका लागि साथक पालले सर्वाधिक २९ रन बनाउनुभयो । यस्तै शान्तानु यादव र आदित्य भण्डारीले १३/१३, अतुल्य पाण्डेले ११ र प्रनभ पन्तले १० रन बनाउनुभयो ।

बलिङमा नेपालका अपराजित पौडेल र सिब्रिन श्रेष्ठले तीन तीन तथा विपिनप्रसाद शर्मा र अशोक धामीले दुई दुई विकेट लिनुभयो । सिरिजको दोस्रो खेल बिहीबार हुनेछ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित