FLASH NEWS
  • Loading...

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

  • गोल्डेन खबर
  • ३ दिन अघि
  • १२ पटक पढिएको
दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् ।

विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको छ ।

लखनउका पूर्व कप्तान केएल राहुलले दिल्लीबाट तथा ऋषभ पन्तले आफ्नो पुरानो फ्रेन्चाइज दिल्लीको सामना गर्नेछन् ।

लखनउसँग राहुलको अन्तिम समयमा टोलीका मालिक सञ्जीव गोयन्कासँगको तस्बिरहरु केही विवादास्पद देखिएको थियो । सन् २०२४ को आइपिएलबाट लखनउ बाहिरिएपछि यस्तो भएको थियो । त्यसपछि गोयन्काले जित्ने मानसिकता भएका खेलाडी टिममा राख्ने इच्छा व्यक्त गरेका थिए ।

सोही अनुरुप भारी रकम खर्चिएर ऋषभलाई लखनउले टिममा अनुबन्धन गरेर कप्तानको जिम्मेवारी दिएको थियो । राहुलले विशाखापट्टनमस्थित दिल्लीको दोस्रो घरेलु मैदानमा खेल्दै आफ्नो नयाँ यात्राको सुरुवात गर्नेछन् ।

ऋषभको दिल्लीबाट बहिर्गमनपछि अक्षर पटेललाई कप्तानको जिम्मेवारी दिइएको । कप्तानको रुपमा अक्षरको यो पहिलो आइपिएल खेल हुनेछ ।

लखनउले आफ्ना तीव्र गतिका बलरहरू घाइते हुँदा चुनौतीको सामना गरिरहेको छ । भने, दिल्लीले मिचेल स्टार्क, मोहित शर्मा र टि नटराजनसँग आफ्नो तीव्र गतीको बलिङ आक्रमणलाई झनै बलियो बनाएको छ ।

राहुल विशाखापट्टनममा खेलको पूर्वसन्ध्यामा टोलीमा सामेल भएका थिए । तर, व्यक्तिगत कारणले खेलका लागि भने राहुल उपलब्ध नहुन पनि सक्छन् । लखनउले मोहसिन खान घाइते भएपछि उनको स्थानमा शार्दुल ठाकुरलाई टोलीमा ल्याएको छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित