FLASH NEWS
  • Loading...

माओवादी जाजरकोटको सात वटै पालिकाकाे अधिवेशन सम्पन्न

  • गोल्डेन खबर
  • २ दिन अघि
  • ११ पटक पढिएको
माओवादी जाजरकोटको सात वटै पालिकाकाे अधिवेशन सम्पन्न

नेकपा माओवादी केन्द्र जाजरकोटले जिल्लाका सात वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ। जाजरकोटका सात वटै स्थानीय तहको सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको माओवादी केन्दले जानकारी गराएको छ ।

नेकपा माओवादी केन्द्र जाजरकोटका संयोजक टेकबहादुर रावलले जाजरकोटका तीन नगरपालिका र चार गाउँपालिका गरी सात वटै स्थानीय तहको अधिवेशन स्थानीय जनसहभागितामा भव्य रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

रावलका अनुसार अधिवेशनले छेडागाड नगरपालिकामा अध्यक्ष प्रेमबहादुर खत्री, उपाध्यक्षत्रय धनबहादुर थापा, पद्म बहादुर पुन र लक्ष्मण खत्री, नलगाड नगरपालिकामा अध्यक्षमा बुद्धिबहादुर गुरुङ, उपाध्यक्षत्रय प्रचण्ड वली, जनक शाही र वीरबहादुर खड्का र सचिवमा दीपक नेपालीलाई चयन गरेको छ ।

यस्तै, भेरी नगरपालिका अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्षत्रयमा भिमबहादुर खत्री, लक्षुदेवी जैसी र रङ्गविर नेपाली, सचिवमा दीपक खत्री लाई चयन गरेको छ । कुशे गाउँपालिका अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षत्रयमा विकास रोकाया, गोरखाबहादुर नेपाली र प्रेमजंग शाही सचिवमा चन्द्रिका रोकाया, सहसचिवमा धनबहादुर सिंह, कोषाध्यक्षमा गोरखबहादुर सिंह रहनुभएको छ ।

यस्तै, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, उपाध्यक्ष त्रयमा भीमबहादुर बस्नेत, अम्बिका खड्का, र धर्मराज बस्नेत , सचिवमा सार्की रावत सहसचिवमा कालीबहादुर शाही, कोषाध्यक्षमा विमला शाही चयन हुनुभएको छ ।

शिवालय गाउँपालिका अध्यक्षमा मानबहादुर पुन, उपाध्यक्ष त्रय प्रेमबहादुर बस्नेत, पर्साराम शर्मा, मनबहादुर भण्डारी , सचिवमा लोकेन्द्र राना, सहसचिवमा इन्द्र अधिकारी, कोषाध्यक्ष मनीषा थापासहित ३५ सदस्यीय कमिटी चयन भएको छ।

यस्तै, बारेकोट गाउँपालिका अध्यक्षमा धनबहादुर नेपाली, उपाध्यक्षत्रयमा वसन्त शाही, धनबहादुर बोहरा र रतन विक, सचिवमा दलबहादुर बुढा, सहसचिवमा धुर्व शर्मा,कोषाध्यक्षमा पवित्रा रावत बोहरासहित ४५ सदस्यीय कमिटी चयन भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यले अहिलेसम्म चयन भएका स्थानीय तहको नेतृत्व चयन सर्वसम्मत रूपमा भएको बताउनुभयो ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित