FLASH NEWS
- Loading...
सांसद चन्दको प्रश्नः सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो?
- गोल्डेन खबर
- ३ दिन अघि
- ११ पटक पढिएको

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानून नबनेको भन्दै सरकारसँग जवाफ माग गरेकी छन्।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सहिद दशरथचन्द सवास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो? भन्दै प्रश्न गरिन्।
उनले राष्ट्रिय सभाले पास गरेर पठाएको लामो समय भइसक्दा समेत विधेयकले कानूनी रूप नलिएको भन्दै सरकारसँग जबाफ माग गरिन्।
उनले भनिन्, ‘सम्माननीय अध्यक्ष महोदय, सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो? सरकारले जानकारी दिनुपर्यो। राष्ट्रिय सभाले पास गरेर उहिल्यै पठाएको विधेयक अहिलेसम्म पनि कानूनमा किन गइरहेको छैन? सरकारको जबाफ माग्दछु।’
प्रतिक्रिया दिनुहोस