FLASH NEWS
- Loading...
विराटको कप्तानीमा खेलेका श्रीवास्तव आइपिएल एम्पायर
- गोल्डेन खबर
- २ दिन अघि
- १२ पटक पढिएको

सन् २००८ मा विराट कोहलीको कप्तानीमा यू–१९ च्याम्पियन बन्दा टोलीका प्रमुख सदस्य रहेका तन्मय श्रीवास्तव इण्डियन प्रिमियर लिग(आइपिएल) मा एम्पाएरको भुमीकामा देखिने भएका छन् ।
सन् २००८ मा भारतले यु-१९ विश्वकप जित्दाका सर्वाधिक रनकर्ता रहेका श्रीवास्तव आइपिएलमा एम्पायरको भुमिकामा देखिने भएका हुन् । भारतले विश्वकप जित्दा फाइनलमा दक्षिण अफ्रिका यु-१९ विरुद्ध उनले सर्वाधिक ४६ रन जोडेका थिए ।
श्रीवास्तव विश्वकप लगत्तै भएको पहिलो संस्करणको आइपिएलमा हालको पञ्जाब किंग्समा अनुबन्ध भएका थिए । उनी आइपिएल खेल्ने र एम्पायरको भुमिकामा रहने पहिलो व्यक्ति बन्नेछन् ।
उत्तर प्रदेशका पूर्व ओपनर श्रीवास्तवले सन् २०२० मा सबै क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका थिए । श्रीवास्तवले ९० प्रथम श्रेणी खेलमा ४ हजार ९ सय १८ रन बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस