FLASH NEWS
  • Loading...

रौतहटको जनज्योति क्याम्पसमा नेविसंघको प्यानल विजयी

  • गोल्डेन खबर
  • १ दिन अघि
  • १० पटक पढिएको
रौतहटको जनज्योति क्याम्पसमा नेविसंघको प्यानल विजयी

रौतहट — रौतहटको चन्द्रपपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्ववियुको निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । समानुतिकतर्फको मतगणना भइरहेको छ । यस क्याम्पसमा नेविसंघले लगातार जित निकाल्दै आएको छ ।

क्याम्पस निर्वाचन कार्यालयका अनुसार २ हजार ९ सय ५४ मतदाता रहेकोमा १ हजार ६ सय ८७ मत खसेको थियो । सभापतिमा नेविसंघका मोहम्मद नौसाद आलम १ हजार १ सय ७४ मत पाएर विजयी भएका छन् ।

निकटतम अनेरास्ववियुका दामोदर उप्रेतीले २ सय ३ मत प्राप्त गर । अखिल (क्रान्तिकारी) का अजय पटेलले १ सय ७० मत पाए । सचिवमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत ल्याई विजयी भए । निकटतम शुभ श्रेष्ठले २ सय ३१ मत ल्याए । श्रेष्ठ नेकपा समाजवादी पार्टी (एस) को विद्यार्थी संगठनका भए पनि अनेरास्ववियु सँग मिलेर चुनाव लडेका थिए । सचिवमा अखिल (क्रान्तिकारी) का सुस्मिता घलानले १ सय ८७ मत पाए । कोषाध्यक्षमा नेविसंघकै सम्झनाकुमारी चौधरी १ हजार १ सय ४८ मत ल्याएर विजयी भएकी छन् । निकटतम अनेरास्ववियुका अभिशेष चौधरीले २ सय ११ मत ल्याए । अखिल(क्रान्तिकारी)का अनिषा चौधरीले १ सय ८१ मत पाइन् ।

चुनावी मैदानमा नेविसंघ, अनेरास्वियु, अखिल (कान्तिकारी), समाजवादी विद्यार्थी युनियनका गरी ३४ जना उम्मेदवारहरु प्रतिस्पर्धामा थिए । २०६५ सालको पहिलो निर्वाचनमा यस क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धनले जितेको थियो । त्यसपछि लगातार नेविसंघले वर्चश्व कायम राख्दै आएको छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित