FLASH NEWS
  • Loading...

स्वतन्त्र उम्मेदवारले जिते पुल्चोक इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्ष

  • गोल्डेन खबर
  • १ दिन अघि
  • ५ पटक पढिएको
स्वतन्त्र उम्मेदवारले जिते पुल्चोक इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्ष

पुल्चोक इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार स्वयम श्रेष्ठ एक हजार २ मत पाएर पुल्चोक क्याम्पसको स्ववियु अध्यक्ष निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का रसिक लम्सालले ७१० मत पाए।

सचिवमा पनि अखिल क्रान्तिकारीकै दिवस सापकोटा १०६४ मत पाउँदै निर्वाचित भए।

कोषाध्यक्षमा नेकपा (एमा‍ले) सम्बद्ध अनेरास्ववियुका अल्बर्ट ढकाल निर्वाचित भएका छन्। उनले १०४२ मत पाए।

यसअघि पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुले जितेको थियो।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित