- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताए
- गोल्डेन खबर
- १ दिन अघि
- १२ पटक पढिएको

एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिण्डिकेट गर्नु संविधानको भावनाविपरीत रहेको उनले बताए।
‘यसरी परीक्षाबाट नै वञ्चित गरिनु नेपाली युवाहरूलाई अझ बढी खाडी र मलेसियातिर धकेल्नु हो। सरकारले रोजगारीको विकल्प पनि नदिने परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्ने, मौलिक अधिकारबाट वञ्चित गर्नु हो। त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्छ,’ उनले भने।
बरू राजनीतिक नियुक्ति कति पटक खान पाउने, चुनाव कति पटक लड्न पाउने, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति कतिपटक हुन पाउने भनेर बहस गर्नुपर्ने उनले बताए।
‘मेरो विचारमा राष्ट्रपति, उपराष्ट्रपति एक पटक भए हुन्छ। प्रधानमन्त्री दुई पटक भन्दा बढी नहुने, मन्त्री सांसद बढीमा तीन पटक हुने र गैरसांसद मन्त्री हुने व्यवस्था गरौं,’ उनले भने।सत्ता सञ्चालन र पटक–पटक चुनावमा फेल हुनेलाई निषेध गर्नुपर्ने उनको धारणा थियो।
‘नेपाली भाइबहिनीहरूलाई लोकसेवा लड्ने र राष्ट्र सेवक बन्ने अवसरबाट वञ्चित नगरौं,’ पूर्वमन्त्री समेत रहेका ज्वालाले भने।