FLASH NEWS
  • Loading...

आइपिएल रोजेका बोसविरुद्ध पिसिबीको नोटिस

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • १८ पटक पढिएको
आइपिएल रोजेका बोसविरुद्ध पिसिबीको नोटिस

दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् ।

बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो ।

बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट गरेको थियो । तर, मार्च ८ मा मुम्बई इन्डियन्सले घाइते लिजार्ड विलियम्सको स्थानमा बोसलाई टोलीमा अनुबन्ध गरेको घोषणा गर्यो ।

यो सिजनको पिएसएल र आइपिएल एकै समयमा हुँदैछ । आइपिएल मार्च २२ देखि मे २५ सम्म र पिएसएल अप्रिल ११ देखि मे १८ सम्म चल्नेछ ।

पिएसएलले अन्य खेलाडी पनि पिएसएलमा अनुबन्ध हुने र त्यसपछि अन्य लिगमा स्थानान्तरण हुने उदाहरण स्थापित गर्न सक्ने डरले यो कदम चाल्न अघि सरेको आंकलन गरिएको छ ।

अनौपचारिक छलफलमा पिएसएलका अन्य फ्रेन्चाइजीले यस्ता खेलाडीमाथि पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेका छन् ।

‘कानुनी नोटिस उनका एजेन्टमार्फत दिइएको थियो र खेलाडीलाई आफ्नो व्यावसायिक प्रतिवद्धताबाट पछि हट्ने आफ्नो कार्यलाई न्यायोचित ठहराउन भनिएको छ,’ पिसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘पिसिबी व्यवस्थापनले पनि उनको लिगबाट बहिर्गमनको परिणामको रूपरेखा प्रस्तुत गरेको छ । निर्धारित समय सीमाभित्र उनको प्रतिक्रियाको अपेक्षा गरेको छ ।’

आइपिएलको लिलामी नोभेम्बर २०२४ मा र पिएसएलको ड्राफ्ट जनवरी २०२५ मा भएको थियो ।

पिएसएलको ड्राफ्टमा डेभिड वार्नर, डेरिल मिचेल, जेसन होल्डर, रासी भान डेर डुसेन र केन विलियम्सनजस्ता चर्चित खेलाडीलाई समावेश गरिएको थियो ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित