एमाले सांसद रघुजी पन्तद्वारा राप्रपाका सांसद शाहीलाई लक्ष्य गर्दै बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह

  • गोल्डेन खबर
  • १ दिन अघि
  • ९ पटक पढिएको
एमाले सांसद रघुजी पन्तद्वारा राप्रपाका सांसद  शाहीलाई लक्ष्य गर्दै बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह

नेकपा (एमाले) का सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई लक्ष्य गर्दै बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा पन्त बोल्दै गर्दा राप्रपा प्रमुख सचेतकसमेत रहेका शाही उठेका थिए। उनले नियमापत्ति जनाउने भन्दै उठे पनि सभामुख देवराज घिमिरेले कुन नियम भनेर सोध्दा भनेनन्। सांसद पन्तले सांसद शाहीलाई आफ्नो समयमा बोल्न आग्रह गर्दै सक्ने भए तथ्यले खण्डन गर्न भनेका थिए।

‘मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने, जुम्लामा हा हु गरेर आएकोजस्तो होइन,’ उनले भने, ‘इतिहास पढेर आउनुस् न।’ जबाफमा शाहीले गलत इतिहास पढाउन नपाइने भनेका थिए। पन्तले पूर्वराजा वीरेन्द्रका बारेमा संसदमा कुरा राखेका थिए। त्यसमा राप्रपा सांसद शाहीले आपत्ति जनाएका हुन्। सांसद पन्तले तथ्य, तर्क र यथार्थमा उभिएर राजनीति गरिनुपर्नेमा जोड दिए। भ्रम र निराशाको खेतीले केही समय मानिसलाई अलमलमा पार्न सक्ने उनको भनाइ थियो।

  • 3
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित