- सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताए |
- पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन: कृष्ण सिटौला |
- अमेरिकी डलरको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलर बढ्यो, घट्यो युरो |
- रा-सो-पाका डोलप्रसाद अर्यालद्वारा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण |
- पाथीभरा केबलकार बनाउने प्रक्रियामै संलग्न दल अहिले विरोधमा छन्: गृहमन्त्री लेखक |
हात्ती नियन्त्रणको योजना ल्याउन माग
- गोल्डेन खबर
- १ दिन अघि
- ११ पटक पढिएको

झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन माग गरेको छ ।
जङ्गली हात्तीको आक्रमणमा परेर केही समययता कमल गाउँपालिकामा चार जनाको ज्यान गइसकेकाले सो पालिकाले प्रधानमन्त्री ओलीलाई यस्तो कार्यक्रमको माग गरेको हो ।
दिनहँु जसो जङ्गली हात्ती मानवबस्तीमा पसेर जनधनको क्षति पु-याउन थालेको बताउँदै प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यस्तो माग प्रस्तुत गर्नुभएको हो । पूर्वपश्चिम राजमार्गको उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलबाट हात्ती गाउँबस्तीमा पस्ने गरेका छन् ।
अध्यक्ष राईका अनुसार प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर लिखित रूपमा गाउँपालिकाका तर्फबाट हात्ती नियन्त्रणका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याउन माग गरिएको हो । उहाँले भन्नुभयो, “हात्ती समस्या सामधानका लागि दीर्घकालीन योजना ल्याउन माग गरेका छौँ ।