- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै
- गोल्डेन खबर
- २ दिन अघि
- १४ पटक पढिएको

युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाली महिला राष्ट्रिय टोली र हङकङबीच प्रतिस्पर्धा हुदैछ ।
दुईबीचको खेल युगाण्डामा नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुदैछ । लिग चरणको खेलमा तेस्रोमा रहेको हङकङ र नेपाल चौथो स्थानमा रहेको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङलाई पराजित गरेको थियो ।
हङकङ भने नेपाल, नामिबिया र युगाण्डासँग समान १ पटक विजयी र पराजित भएको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हासिल गरेको थियो । लिग चरणमा नै भएको पहिलो भेटमा भने हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।
नेपाली महिला र हङकङ महिला टोलीबीचको पछिल्ला ५ आमने सामनेमा नेपाल अगाडी रहेको छ । नेपालले ३ खेलमा जित हात पार्दा हङकङ २ खेलमा सफल भएको छ । सिरिजको उपाधीका लागि आजै आयोजक युगाण्डा र नामिबियाबीच खेल हुदैछ ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, विन्दु रावल,रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, एलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी बिष्ट।