FLASH NEWS
- एमाले सांसद रघुजी पन्तद्वारा राप्रपाका सांसद शाहीलाई लक्ष्य गर्दै बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह |
- केही नेता उत्पादन गर्न लाखौं विद्यार्थीहरूको भविष्य जोखिममा पारियोः स्वर्णिम वाग्ले |
- मुम्बई इन्डियन्सले जित्यो दोश्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि |
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै |
- प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची |
त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवारले नै लगाए ताला
- गोल्डेन खबर
- १ दिन अघि
- १० पटक पढिएको

त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवारले नै ताला लगाएका छन्।
शुक्रबार स्ववियु सभापतिका दुई जना उम्मेदवारहरू श्रीधर श्रेष्ठ र विवेक बानियाँले तालाबन्दी गरेका हुन्।
उनीहरूले निर्वाचन समितिले मतपत्रमा उम्मेदवारको क्रमसंख्याको विषयमा एकलौटी ढंगले निर्णय गरेको भन्दै तालाबन्दी गरेका हुन्।
दुवै उम्मेदवार नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)का बागी उम्मेदवार हुन्।
त्रिचन्द्रमा नेविसंघले गोविन्द कोइरालालाई उम्मेदवार बनाएको छ।
त्यहाँ नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका वामपन्थी दलका विद्यार्थी संगठनले तालमेल गरेका छन्।
प्रतिक्रिया दिनुहोस