FLASH NEWS
  • Loading...

काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम

  • गोल्डेन खबर
  • ९ घण्टा अघि
  • ३ पटक पढिएको
काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम

काठमाडौँ । काठमाडौँका १९ ठाउँमा रङको पर्व ‘होली’ सम्बन्धी कार्यक्रमहरू भइरहेका छन् । वसन्तपुर, दरबारमार्ग, ठमेल, मारवाडी सेवा समितिको कार्यालय र बानेश्वर चोक लगायतका स्थानमा होली सम्बन्धी कार्यक्रमहरू भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर विभिन्न संघसंस्थाहरुले होली लक्षित कार्यक्रम आयोजना गरेका हुन् । काठमाडौँ जिल्लामा होलीको समयमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न २ हजार ३५ जना प्रहरी परिचालन गरिएको छ । काठमाडौँमा ६ सय ७१ जना ट्राफिक प्रहरी चेकजाँचमा खटिएका छन् ।

काठमाडौँ जिल्लाको ६१ ठाउँमा डेडिकेटेड चेकप्वाइन्ट राखिएको एसपी बोहराले बताए । जिल्लाभर ६० वटा मोटरसाइकलमार्फत प्रहरीको ‘क्यूआरटी’ टोली सुरक्षामा परिचालन गरिएको छ ।
अवाञ्छित गतिविधि नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको एसपी बोहराले जानकारी दिए । काठमाडौँ जिल्लामा स्थानीय प्रहरी र ट्राफिक समेत कुल २ हजार ७०६ जना सुरक्षाकर्मी चेकजाँचमा खटिएका छन् ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित